Indrenionline.com

जवरजस्ती करणी मुद्दाका फरार व्यक्ति पक्राउ

इन्द्रेणी संवाददाता
दाङ, १५ कार्तिक । दाङमा प्रहरीले करीव एक वर्ष पहिले जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको छ ।

दाङ देउखुरी जिल्ला अदालतले २०७७ मंसिर २१ गते जवरजस्ती करणी मुद्दामा १२ वर्ष कैद ५० हजार रुपैयाँ जरिवाना फैसला सुनाएका तुलसीपुर उपमहानगरपालिका ३ रानागाउँका २७ वर्षका खुमबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो ।

थापालाई तुलसीुर ३ मै लुकिछिपी वसेको अवस्थामा शनिवार पक्राउ गरेको जिल्ला प्रहरी कार्याललय दाङले जनाएको पक्राउपछि उनलाई जिल्ला अदालतमा पठाइएको छ ।