इन्द्रेणी संवाददाता
दाङ, ८ कार्तिक । लुम्विनी प्रदेशका उर्जा सिंचाइ तथा जलश्रोत राज्यमन्त्री अर्जुनकुमार श्रेष्ठले अनुशासित र शिक्षित नागरिकले नै सभ्य समाज निर्माण गर्ने बताएका छन् ।
सो अवसरमा विद्यालयको कक्षा कोठा थपसहित आवश्यक पूर्वाधार निर्माणका लागि सहयोग गर्न माग गर्दै विद्यालयले राज्यमन्त्री श्रेष्ठलाई ज्ञापनपत्र बुझाएको छ ।
ज्ञापनपत्रमा विद्यालयको पूर्व तर्फको खाली जग्गामा भवन निर्माणका लागि आवश्यक बजेट बिनियोजन गरिदिन, थप कक्षा कोठा निर्माणका लागि आवश्यक बजेट बिनियोजन गरिदिन, विद्यालयको कम्पाउण्डमा टायल लगायतका पूर्वाधार निर्माणमा आवश्यक सहयोग गरिदिन र कम्युटर ल्यावलाई ब्यवस्थित र थप गर्नका लागि आवश्यक बजेट बिनियोजन गरिदिन माग गरिएको छ ।
विद्यालयका प्रधानाध्यापक बसन्ता पौडेलले ज्ञापनपत्र बुझाउनुहुदै आवश्यक बजेट बिनियोजनका लागि अनुरोध गरिन । राज्यमन्त्री श्रेष्ठले विद्यालयको भौतिक विकासका लागि आफूले सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।