इन्द्रेणी संवाददाता
दाङ, ७ कार्तिक । नेकपा एमालेको दशाँै महाधिवेशन अन्तर्गत शनिवार भएको वडा अधिवेशनमा दाङका सबै पालिकाका वडाहरुमा सर्बसम्मत नेतृत्व चयन भएको छ । जिल्लाका दशवटै पालिकामा भएको अधिवेशनबाट सर्वसम्मतरुपमा नेतृत्व चयन गर्न सफल भएको नेकपा एमाले दाङले जनाएको छ ।
त्यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नं . १ मा तिलक हमाल, २ मा टीकाराम कँडेल, ३ मा लिलाथर खरेल, ४ मा रणबहादुर पुन, ५ मा पदम पोख्रेल, ६ मा यज्ञबहादुर बस्नेत, ७ मा खगेश्वर पराजुली, ८ मा टोपबहादुर ओली, ९ मा मुक्ति भट्टराई, १० मा आत्माराम धिताल, ११ मा भार्ग चौधरी, १२ मा मानबहादुर खत्री र १३ मा खिमकान्त पाण्डे अध्यक्षमा सर्वसम्मत भएको नेकपा एमाले दाङले जनाएको छ । त्यस्तै वडा नं . १४ मा कृष्णबहादुर के १५ मा रुपलाल चौधरी , १६ मा प्रेमबहादुर पुन, १७ मा कमलबहादुर घर्ती, १८ मा मुकेश ओली, १९ मा विमल रेग्मी निर्वाचित भएका छन् ।
यसैगरी लमही नगरपालिका वडा नं . १ मा चेतकान्त खनाल, २ मा अतिराम चौधरी, ३ मा पुनाराम केसी, ४ मा सुरेश बुढा, ५ मा जगनारायण चौधरी, ६ मा शेषमणि अधिकारी, ७ मा ओमराज गिरी, ८ मा जनक बुढा, ९ मा खिमबहादुर केसी अध्यक्ष चयन भएका छन् ।
त्यसैगरी गढवा गाउँपालिका वडा नं . १ मा शिर पुरी, २ मा देवप्रकाश चौधरी, ३ मा राजेश क्षेत्री, ४ मा कमल खड़का, ५ मा सीता थापा, ६ मा दामोदर ढुंगाना, ७ मा श्याम चौधरी, ८ मा खालिक सिद्धिकी अध्यक्ष बनेका छन् । राजपुर गाउँपालिका वडा नं . १ मा यमलाल ओली, २ मा अयोध्याप्रसाद चौधरी, ३ मा रामवरण यादव, ४ मा लेखराज डाँगी, ५ मा टंकबहादुर विष्ट, ६ मा राजेन्द्र चौधरी, ७ मा राजन ओली अध्यक्षमा चयन भए ।
त्यस्तै राप्ती गाउँपालिका वडा नं . १ मा गेमबहादुर खड्का, २ मा हिमानन्द पाण्डे, ३ मा हेमराज भण्डारी, ४ मा प्रेम केसी, ५ मा जीवराज भट्टराई, ६ मा हरिचन्द्र चौधरी, ७ मा सीताराम चौधरी, ८ मा पुरण चौध ९ मा वालाराम बुढा अध्यक्षमा चयन भएका छन् भने बबई गाउँपालिका वडा नं . १ मा खड्ग कवँर, २ मा प्रेमलाल ओली, ३ मा मानबहादुर केसी, ४ मा नारायण परियार, ५ मा शिवप्रसाद भण्डारी, ६ मा पूर्णबहादुर ओली, ७ मा रुपा राना अध्यक्षमा चयन भएका छन् ।
त्यस्तै दंगीशरण गाउँपालिका वडा नं . १ मा दिलकुमारी पुन, २ मा मोहन विक, ३ मा चेतलाल ओली, ४ मा कमल चौधरी, ५ मा नीरज बस्नेत, ६ मा ढालबहादुर केसी, ७ मा भुपबहादुर खड्का अध्यक्षमा चयन भए भने शान्तिनगर गाउँपालिका वडा नं . १ मा देवीराम केसी, २ मा खुमबहादुर ओली, ३ मा गंगाराम बस्याल, ४ मा तिलक केसी, ५ मा रेशम ओली, ६ मा जीवराज ओली, ७ मा ओम भण्डारी अध्यक्षमा चयन भएको एमाले दाङले जनाएको छ ।
त्यसैगरी बंगलाचुली गाउँपालिका वडा नं . १ मा काले घर्तीमगर, २ मा झगलाल घर्तीमगर, ३ मा डिलबहादुर केसी, ४ मा जागेश्वर रावत, ५ मा थमन गिरी, ६ मा खगुराम डाँगी, ७ मा खोविराम मगर र ८ नम्बर वडामा देवीराम चर्तीमगर अध्यक्षमा चयन भएका छन् ।