Indrenionline.com

जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादी १८ वर्षपछि पक्राउ

इन्द्रेणी संवाददाता
दाङ, ५ कार्तिक । जिल्ला प्रहरी कार्यालय दाङले जवरजस्ती करणी मुद्दाका एक फरार प्रतिवादीलाई करीव १८ वर्षपछि नियन्त्रणमा लिएको छ ।

दाङ देउखुरी जिल्ला अदालतले २०६० कार्तिक २ गते जवरजस्ती करणी मुद्दामा ७ वर्ष ११ महिना ८ दिन कैद सजाय फैसला गरेका घोराही १० नारायणपुर बस्ने ३४ वर्षका धनबहादुर वलीलाई पक्राउ गरेको हो ।

वलीलाई यही कार्तिक २ गतेका दिन घोराही १० मै लुकिछिपी वसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । पक्राउ पछि वलीलाई जिल्ला अदालतमा पठाइएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्दप्रसाद रिजालले जनाएका छन् ।