इन्द्रेणी संवाददाता
दाङ, १७ असोज । जिल्ला प्रहरी कार्यालय दाङले ६६ औं प्रहरी दिवसको अवसरमा नागरिकलाई मास्क वितरण गरेको छ । आज विहान जिल्ला प्रहरी कार्यालय दाङको कार्यालयबाट प्रभावफेरिको आयोजना गरी घोराही बजार क्षेत्रमा मास्क वितरण गरिएको हो ।
विभिन्न चेतनामूलक प्लेकार्ड बोकेर प्रभातफेरिमा संलग्न प्रहरी प्रमुख सुरेश काफ्लेसहितको प्रहरी टोलीले घोराही बजारको तुलसीपुर चोक, न्यूरोड, सहिदगेटलगायतका क्षेत्रमा पुगेर मास्क नलगाएका पैदलयात्रु, व्यवसायी, यातायात व्यवसायीलगायत नागरिकहरुलाई कोरोना संक्रमणबाट वच्न मास्कको प्रयोग गर्न सचेत बनाउदै करिव एक हजार मास्क वितरण गरेको थियो ।
प्रभातफेरि कार्यक्रमको समापनका क्रममा घोराहीको तुलसीपुर चोकमा आयोजना गरिएको कार्यक्रममा जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले ६६ औं प्रहरी दिवसलाई सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए ।
प्रहरी दिवसको अवसरमा तुलसीपुरमा पनि पैदलयात्रुलाई मास्क वितरण गरिएको थियो । सो अवसरमा बिरेन्द्र आसपासमा माक्स नलगाएका पैदलयात्रु, बिद्यार्थी,गाडी चालक र सर्बसाधारणहरुलाई नेपाल प्रहरी ,ट्राफिक प्रहरीलगायत बिभिन्न संघसंस्थाका पदाघिकारीहरुले माक्स बितरण गरेका छन् । कोरोना संक्रमण केही कम भएको भएपनि जोखिम कायमै रहेको भन्दै प्रहरीले तपाईको माक्स खोई अभियान लुम्बिनि प्रदेशका प्राय जसो सबै जिल्लामा सञ्चालनमा ल्याएको हो ।