Indrenionline.com

टरिगाउँ विमानस्थल विस्तार गर्न ५५ करोड बजेट

दाङ, १३ असोज । दाङको टरिगाउँ विमानस्थल विस्तारका लागि ५५ करोड रूपैयाँ विनियोजन भएको छ ।

शेरबहादुर देउवा सरकारले ल्याएको नयाँ बजेटमा चालु आर्थिक वर्षमा टरिगाउँ विमानस्थलको सुदृढीकरण, टावर निर्माण र धावन मार्ग विस्तार गर्न ५५ करोड रूपैयाँ बजेट विनियोजन गरेको हो ।

वितेका दुई आर्थिक वर्षदेखि तुलसीपुरस्थित टरिगाउँ विमानस्थलको लागि कुनैपनि बजेटको व्यवस्था गरिएको थिएन । तर चालु आवमा सरकारले ल्याएको प्रतिस्थापन बजेटमा विमानस्थलको स्तरोन्नतिको लागि ५५ करोड बजेटेको व्यवस्था गरेको छ ।