इन्द्रेणी संवाददाता
दाङ, ७ असोज । दाङमा प्रहरीले अबैध काठसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही १२ रतनपुरका सुदन गिरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
११४ दशमलव ६८ क्यूफुट उक्त काठको अनुसन्धानको लागि डिभिजन वन कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।