Indrenionline.com

बजार अनुगमन : अधिकांश व्यवसाय स्थानीय निकायमा दर्ता विनै सञ्चालन

इन्द्रेणी संवाददाता
दाङ, ३१ भदौ । घोराही उपमहानगरपालिकाको नेतृत्वमा बजार अनुगमनलाई तिब्रता दिइएको छ । सोही क्रममा आज विहीबार घोराही उपमहानगरपालिका वडा नं. ३ गोग्ली बजारमा अनुमगन गरिएको छ ।

गोग्लीमा रहेका होटल ताथ रेष्टुरेन्ट, खाद्यन्न तथा किसाना पसल, विभिन्न सप्लायर्सहरुको अनुगमन गरिएको थियो । अनुगमनका क्रममा व्यवसाय सञ्चलनका लागि घरेलु तथा साना उद्योग कार्यालयबाट अनुमति लिएपनि सम्बन्धित स्थानीय निकायबाट अनुमति नलिएर व्यवसाय सञ्चालन गरिएको पाइएको थियो ।

त्यसैगरी केही होटलहरुले होटल सञ्चालनका लागि अनुमति लिएको भएपनि मदिरा विक्री वितरणको अनुमति विनै गैरकानुनी रुपमा मदिरा विक्री वितरण गरिएको पाइयो । होटलहरुमा सरसफाइमा कमी देखिएको थियो भने केही पसलहरुमा म्याद गएका सामानहरु पनि फेला परेका थिए । अनुगमनका क्रममा टोलीले सबै कानुनी प्रक्रिया पु¥याएर व्यवसाय सञ्चालन गर्नका लागि व्यवसायीहरुलाई सचेत बनाएको थियो ।

अनुगमन टोलीमा घोराही उपमहानगरपालिकाका उपभोक्ता हित संरक्षण शाखाका प्रमुख श्रीधर अधिकारी, जिल्ला प्रशासन कार्यालयका गंगाराम पोख्रेल, दाङ जिल्ला उद्योग वाणिज्य संघका उपाध्यक्ष रामप्रसाद पोख्रेल, बासुदेव पोख्रेल,  जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, सम्बन्धि वडा कार्यालयका प्रतिनिधि, पत्रकार लगायतको सहभागीता थियो ।