इन्द्रेणी संवाददाता
दाङ, १९ भदौ । दाङमा प्रहरीले अटोमेटिक पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं. १३ वडहरा वस्ने २५ वर्षका इन्द्रकमल बुढामगर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
पक्राउ परेका व्यक्तिमाथिको प्रारम्भिकबाट उनी विगतमा पनि अपराधिक गतिविधिमा संलग्न भएको खुलेको एसपी काफ्लले बताए । ती व्यक्तिले २०७० सालमा साने घर्तीलाई ज्यान मार्ने उद्देश्यले धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको र २ वर्ष ६ महिना कैद सजाय समेत भुक्तान गरेको खुल्न आएको छ । बुढामगर कहाँबाट ल्याएका हुन् भन्ने खुल्न नसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शुक्रवार पक्राउ परेका बुढामगरलाई प्रहरीले शनिवार सार्वजनिक समेत गरेको छ ।