इन्द्रेणी संवाददाता
दाङ, १५ भदौ । राप्ती प्रादेशिक अस्पतला तुलसीपुरका मेडिकल सुपेरिटेण्डेन्ट डा. विनोदकुमार सिंहलाई कालोमोसो दल्ने दुई जना पक्राउ परेका छन् ।
पक्राउ परेकाहरुको बारमा भने खुलाइएको छैन । डा. सिंहमाथि भएको दुव्र्यवहारको विरोधमा जिल्लाका स्वास्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन् । आन्दोलनमा उत्रिदा जिल्लाको स्वास्थ्य सेवा नै प्रभावित भएको छ ।