इन्द्रेणी संवाददाता
दाङ, १३ भदौ । दाङ चेम्बर अफ कमर्समा नयाँ कार्यसमिति चयन भएको छ । शनिवार सम्पन्न दोस्रो साधारणसभा एवं विशेष अधिवेशनले बलदेव योगीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
त्यसैगरी सदस्यहरुमा मुक्तिप्रसाद खरेल, सुशीला पौडेल, कृष्णा कार्की, महेश गुप्ता, प्रभा वली, नरबहादुर न्यौपाने, हरिप्रसाद बञ्जाडे, पुष्पा श्रेष्ठ र नरेन्द्रनाथ योगी चयन भएका छन् । तीन वर्षका लागि सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरिएको हो ।