इन्द्रेणी संवाददाता
दाङ, १२ भदौ । दाङका दश ओटा स्थानीय तहको बेरुजु रकम डेढ अर्ब बढी रहेको छ । महालेखा परीक्षणको कार्यालयले हालै सार्वजनिक प्रतिवेदनमा जिल्लाका दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिकाको बेरुजु रकम १ अर्ब ५४ करोड २२ लाख ३४ हजार रहेको छ ।
‘कर्मचारीहरुले निबृत्त भएपनि पाउने सेवा सुविधाको व्यवस्था कानुनमा स्पष्ट भएपनि त्यसलाई वेरुजुको रुपमा राख्ने गरिएको छ’, उनले भने, ‘यस्ता केही सैद्धान्तिक खालका बेरुजुमा देखिएका छन्, यसलाई कटौतिका लागि प्रयास भइरहेको छ ।’
