इन्द्रेणी संवाददाता
दाङ, ११ भदौ । प्रहरीले दाङमा १७ थान सालको काठसहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा राप्ती गाउँपालिका ५ कालापानी बस्ने २६ वर्षका प्रदीप कुमार चौधरी, गढवा गाउँपालिका ४ का साहिद मुसलमान र राप्ती गाउँपालिका ८ का विनोद चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
उनीहरुबाट जीपसहित १७ थान सालको चिरान काठ बरामद गरिएको छ । उनीहरुलाई काठसहित आवश्यक कारवाहीका लागि वन डिभिजन कार्यालय लमही देउखुरीमा पठाइएको प्रहरीले जनाएको छ ।