Indrenionline.com

दाङको थप २ हजार ३ सय हेक्टर क्षेत्रफलमा सिंचाइ सुविधा

दाङ, ९ भदौ । दाङमा थप २ हजार ३ सय हेक्टर खेतीयोग्य जमिनमा सिंचाई सुविधा पुगेको छ । जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयले दाङले आर्थिक वर्ष ०७७/७८ मा ११३ वटा क्रमागत सिंचाई योजना र अन्य ८३ वटा योजना मर्मत सुधार तथा विस्तार गरेपछि थप २ हजार ३ सय हेक्टर जमिनमा सिंचाई सुविधा थपिएको हो ।

क्रमागत योजनाबाट १ हजार ३२ हेक्टर र अन्य ८३ योजना मर्मत सुधारबाट १ हजार २ सय ४५ हेक्टर जमिनमा सिंचाई सुविधा पुगेको कार्यालयले जनाएको छ ।

दाङमा सिंचाई पूर्वाधारको विकासका लागि आर्थिक वर्ष ०७७ ७८ मा एक सयभन्दा बढी योजनाहरू सम्पन्न गरिएको डिभिजन कार्यालयका प्रमुख इन्जिनियर गणेश मरासिनीले जानकारी दिएका छन् । कार्यालयले एक वर्षमा सिंचाई योजनामा ४१ करोड २७ लाख ८७ हजार रूपैयाँ खर्च गरेको छ ।