इन्द्रेणी संवाददाता
दाङ, ७ भदौ । दाङमा चितुवाको छालासहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङले प्रतिबन्धित चितुवाको छालासहित उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुबाट ७ फिट ६ इञ्च लम्वाइ रहेको चितुवाको छाला बरामद गरेको छ । साथै प्रदेश ३–०१–०२३ च ७६३८ नम्बरको कार समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।