इन्द्रेणी संवाददाता
दाङ, ७ भदौ । दाङ प्रहरीले कस्तुरीको विनासहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
उनीहरुलाई प्रहरीले हिजो आइतवार वेलुका करीव ४ बजेको समयमा घोराहीको सहिद गेट नजिकैको होटेल टुडे प्लाजाबाट नियन्त्रणमा लिएको हो । गोप्पे सूचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको र उनीहरुबाट ३१ ग्राम २०० मिलिग्राम कस्तुरीको विना बरामद गरिएको प्रहरीले जनाएको छ ।