इन्द्रेणी संवाददाता
दाङ, ५ भदौ । दाङ जिल्ला उद्योग वाणिज्य संघले संघमा लामो समयदेखि नविकरण नभएका उद्योगी तथा व्यवसायीहरुलाई नविकरणमा छुट दिने भएको छ । संघको शनिवार वसेको बैठकले यस्तो निर्णय गरेको हो ।
आउदो पुस मसान्त सम्मका लागि यस प्रकारको छुट दिइने भएको महासचिव वुढाथोकीले बताए । यसले उद्योगी तथा व्यवसायीहरुलाई सहजता समेत हुने संघको अपेक्षा रहेको छ । बैठक संघका अध्यक्ष टंकसिह वुढाथोकीको अध्यक्षतामा भएको थियो ।