Indrenionline.com

राप्तीमा गाउँपालिकामा जेष्ठ नागरिक दिवा सेवाको तयारी

देउखुरी, ३ भदौ । दाङ जिल्लाको राप्ती गाउँपालिकामा जेष्ठ नागरिकलाई लक्षित गरि दिवा सेवा सुरु गर्न थालिएको छ ।

दिवा सेवा सञ्चालनका लागि राप्ती गाउँपालिकाले दुई स्थान छनौट गरी कार्य सुभारम्भ गर्न थालेकोले सम्पुणर् जेष्ठ नागरिकहरु सो सेवा केन्द्रमा सहभागीहुन राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले जेष्ठ नागरिकहरुमा अनुरोध गरेका छन् ।

अध्यक्ष सुवदीले घरमा रहेका जेष्ठ नागरिकको उचित स्हार गर्ने छोरा,छोरी बुहारी तथा अन्य सदस्यलाई गाउँपालिकाले नियमित रुपमा सम्मान गर्दै आएको बताउदै हरेक परिवारले आफ्ना घरमा रहेका जेष्ठ नागरिकलाई दिवा सेवामा सहभागी गराईदिन समेत अनुरोध गरे ।

राप्ती गाउँपालिका महिला वालवालिका, अपाङ तथा जेष्ठ नागरिक शाखाले राप्ती गाउँपालिका क्षेत्रका जेष्ठ नागरिकलाई पाएक पर्ने गरी मसुरीया र सिसहनियामा दिवा सेवा सुरु गर्न थालेको महिला विकास निरीक्षक जिवन जिसीले जानकारी दिए ।

६० वर्ष माथिका नागरिकलाई एकैठाउ राखेर गफगाफ, भेटघाट गर्ने, मनोरन्जन गर्ने, दुख सुख साट्नेगरी बस्ने ब्यवस्था मिलाई सेवा सुरु गर्न थालिएको सहायक महिला विकास निरिक्षक कल्पना खनालले जानकारी दिए ।

भदौ ७ गते मसुरीया स्थीत रेडक्रम भवन र वडा नं ५ स्थीत वडा कार्यालयको भवन बाट जेष्ठ नागरिक दिवा सेवा सुरु गरिने भएको छ ।