हापुरे, २ भदौँ । दाङको बबई गाउँपालिकाले मास्क अभियान सुरु गरेको छ । गाउँपालिका र ईलाका प्रहरी कार्यालय हापुरेको सयुक्त आयोजनामा हापुरे बजारमा मास्क अभियान सुरु गरिएको हो ।
अभियान अन्तर्गत हापुरे बजारमा रहेका स्थानीय, ब्यापारी, बटुवालाई मास्क दिएर मास्क लगाउन सुझाव समेत दिइएको थियो । कोरोना माहामारीको अझै पनि अन्त्य हुन नसकेको भन्दै मास्क लगाउन उत्प्रेरित गर्न अभियान सञ्चालन गरिएको अध्यक्ष पौडेलले जानकारी दिए ।