तिर्थराज ज्ञवाली
देउखुरी, २ भदौ । दाङको राप्ती गाउँपालिका अन्तरगत सिसहनिया स्वास्थ्य चौकीबाट भिडियो एक्सरे तथा ईसिजी सेवा सुरु गरिएको छ ।
अध्यक्ष सुवेदीले राप्ती गाउँपालिकाको ९ वटै वडामा स्वास्थ्य संस्था स्थापना गरी सेवा सुरु गरिएको बताउदै नागरिकको स्वास्थ्य सुरक्षाको लागि गाउँपालिका लागि रहेको बताए ।
भिडियो एक्सरेको प्रभावकारीका लागि स्वास्थ्य चेकजाच गरेपछि गाउँपालिका उपाध्यक्ष जगदम्वा कुमारी चौधरीले स्वास्थ्य सेवा लिन चाहने नागरिकले भिडियो एक्सरे तथा ईसिजी सेवा लिन महंगो शुल्क तिर्नुपर्ने र टाढा जानुपर्ने समस्या समाधान भएकोले सर्बसुलभ सस्तो सेवाका लागि सरकारी स्वास्थ्य संस्था रोज्नु्पर्नेमा जोड दिए ।
राप्ती गाउँपालिकाले गत वर्ष लालमटिया स्वास्थ्य चौकीबाट भिडियो एक्सरे तथा ईसिजी सेवा सुरु गरेपश्चात सिसहनिया स्वास्थ्य चौकीका सेवा ग्राहिको माग बमोजिम सिसहनिया स्वास्थ्य चौकीमा समेत भिडियो एक्सरे तथा ईसिजी सेवा सुरु गरिएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा संयोजक नारायण राउतले जानकारी दिए ।
नागरिकको स्वास्थ्य उपचारका लागि अन्य आवश्यक उपकरणको ब्यवस्था गर्न थप पहल भैरहेको सिसहनिया स्वास्थ्य चौकी सञ्चालक समिति अध्यक्ष तथा वडा नं ५ का वडा अध्यक्ष गोवर्धन रावतले बताए ।
गर्भवती चेकजाच, मृगौला, छाती, कलेलो, पित्त, पाटेघर, पेट सम्वन्धि समस्या लगायत महिला पुरुषमा देखिने विभिन्न समस्याको समाधानका लागि भिडियो एक्सरे तथा ईसिजी सेवा प्रभावकारी रहेको बताउदै भरपर्दो स्वास्थ्य सेवा लिन सिसहनिया स्वास्थ्य चौकी र लालमटिया स्वास्थ्य चौकीमा आउन सेवा ग्राहिलाई डाक्टर पुष्प भुसालले अनुरोध गरे । सर्वसुलभ रुपमा चिकित्सक तथा दक्ष स्वास्थ्य कर्मीवाट सेवा लिन स्वास्थ्य चौकी प्रमुख धनबहादुर खड्काले आम नागरिकमा अनुरोध ।