Indrenionline.com

राप्ती नदीमा बगेकी महिलाको सकुशल उद्धार

इन्द्रेणी संवाददाता
दाङ, २९ साउन । राप्ती नदीको भेलमा बगेर आठ किलोमिटर तल पुगेकी एक महिलाको सकुशल उद्धार गरिएको छ ।

देउखुरीको गढवा गाउँपालिका ३ गोबरडिहाकी ४० वर्षीया टेकरानी चौधरीलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले गएराति उद्धार गरेको हो।

बिहीवार दिउँसो गोबरडिहको राप्ती घाटमा दाउरा निकाल्ने क्रममा चौधरीलाई नदीको भेलले बगाएको थियो । पानीको वहाप तीब्र भएकाले उनी वाहिर आउन नसकेर लामो समयसम्म भेलमै वगेकी थिएन ।

त्यसपछि करिव आठ किलोमिटर तल उनी किनारा लागेकी थिइन् । किनारा लागेपनि वाहिर आउन नसकेपछि उनले सहयोग मागेकी थिइन ।