तुलसीपुर, २४ साउन । तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाले मासु व्यवसायीलाई सरसफाइमा ध्यान दिन निर्देशन दिएको छ ।
अनुगमण टोलीले सरसफाइ गर्न, झिंगा नलाग्नेगरी जालीको व्यवस्था गर्न, डि–फ्रिजको व्यवस्था र पसल नविकरण गर्न समेत निर्देशन दिएको छ । निर्देश कार्यान्वयन नगरे कारबाही गर्ने चेतावनी दिइएको छ ।
बधशालामा रहेका मासु पसललहरुमा झिंडा भन्किएको, सरसफाइमा ध्यान नदिएको र उपभोक्ताहरु बासी मासु खरिद गर्न बाध्य भएको भन्दै जनगुनासो आएपछि उपभोक्ता हित संरक्षण शाखाको नेतृत्वमा अनुगमण गरिएको थियो । रागाँ, खसी, कुखुरा, बंगुर लगाएतका कबिर एक दर्जन मासु पसलमा अनुगमण गरिएको थियो ।