इन्द्रेणी संवाददाता
दाङ, २४ साउन । पत्रकार अजयदीप शर्माकी आमा स्वर्गीय लोककुमारी रिजाको ५ औं स्मृतिमा रक्तदान गरिएको छ । सो अवसरमा पत्रकार अजयदीप शर्मा र जनक नेपालीले रक्तदान गरेका थिए ।
उनले विज्ञप्तिमार्फत श्रद्धाञ्जली व्यक्त गरेका हुन् । साथै स्व। रिजालको नाममा स्थापना गरिएको पुरस्कार समेत सहज परिस्थितिमा प्रदान गरिने बताइएको छ ।