Indrenionline.com

गौहत्या मुद्दाका फरार दोषी पक्राउ

इन्द्रेणी संवाददाता
दाङ, २१ । दाङ प्रहरीले गौवध गरेको मुद्दाका फरार दोषीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही ५ धर्ना बस्ने १९ वर्षका विमल विटालु रहेका छन् ।

विटालुलाई गौवध गरेको मुद्दामा दाङ देउखुरी जिल्ला अदालतले २०७७ माघ २० गते एक वर्ष ६ महिना कैद सजाय फैसला गरेको थियो ।

उनलाई प्रहरीले घोराही ५ मै लुकिछिपी वसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । पक्राउ पछि उनलाई अदालतमा बुझाएको छ ।