इन्द्रेणी संवाददाता
दाङ, १९ । दाङमा प्रहरीले चाइनिज अटोमेटिक पोस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत सिद्धार्थनाथ जिल्ला नगरपञ्चायत बढनी ३ बस्ने २२ वर्षका करमुल्लाह आमिर र सोही पञ्चायत वडा नं. ८ का १९ वर्षका राजा खान रहेका छन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनी दुबै जना अबैध हातहतियारका कारोवारी भएको र उक्त पेस्तोल दाङका केही हतियार राख्न सोकिन र अपराधिक गतिविधिमा सम्भावित संलग्न व्यक्तिहरुसँग ३ लाखमा विक्रीका लागि बाग्रेनिङ गरिरहेको खुल्न आएको छ । प्रहरीले उनीहरुलाई मंगलवार सार्वजनिक गरेको हो ।