दाङ, १३ साउन । द्धन्दपिडीत महिलाहरुको लागि सञ्चालित महिला शान्ति र सुरक्षा कार्यक्रमका महिला शान्ति पहलकर्ताहरुलाई तीन दिने कथा वाचन तथा लेखन तालिम घोराहीमा सम्पन्न भएको छ ।
सशस्त्र द्धन्दको समयमा विभिन्न माध्यमबाट प्रत्यक्ष पीडा भोगेका महिलाहरुकालागी सञ्चालि कार्यक्रमका शान्ति पहलकर्ताहरुलाई द स्टोरी किचनको टीमले तालिम सहजिकरण गरेको थियो । तालिममा द्धन्दको समयमा हुने महिला हिंसा, यसको संरचनात्मक कारण र नेपालको सन्दर्भ, महिला शान्ति पहलकर्ताहरुको काम, चुनौति र समाधानका उपायहरु, कथा सुन्ने तरिका, कथा लेख्ने तरिका लगायतका विषयमा छलफल गरिएको थियो । तालिमको सहजिकरण द स्टोरी किचनका जया लुईटेल, बीजु कडे, सुनिता र साकाले गरेका थिए ।
नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष कल्पना न्यौपानेको अध्यक्षतामा भएको तालिम समापनका अवसरमा नागरिक आवाज ललितपुरका कार्यक्रम म्यानेजर हरिबहादुर धामी, वरिष्ठ कार्यक्रम अधिकृत शीखा भट्टराई, नेपाल महिला सामुदायिक सेवा केन्द्रका सचिव एवं कार्यक्रमका फोकल पर्शन शीवा योगी, दाङ जिल्लाका कार्यक्रम प्रमुख रेमश के.सी, रोल्पाका कार्यक्रम प्रमुख दिनेश सुवेदी, महिला शान्ति पहकर्ताहरु जया चौधरी र घनी बि.क.ले आ–आफ्ना विचार राखेका थिए ।