Indrenionline.com

पत्रकार महासंघ दाङमा महिला विभाग गठन

इन्द्रेणी संवाददाता
दाङ, ११ साउन । नेपाल पत्रकार महासंघ दाङमा महिला विभाग गठन गरिएको छ । महासंघकी उपाध्यक्ष वसुन्धरा गौतमको संयोजकत्वमा विभाग गठन गरिएको हो । विभागको सचिवमा दीप्तीशीखा चौधरी, यमकला भुषाल, अञ्जना चौधरी र उमा भण्डारी रहेका छन् ।

तस्विर : अक्षयकोषको चेक हस्तान्तरण गर्दै

महासंघ अध्यक्ष दुर्र्गालाल केसीको अध्यक्षता भएको बैठकले नेपाल पत्रकार महासंघ केन्द्रिय समितिले युरोपीयन युनियन र ईन्टरनेशनल अलर्टको सहयोगमा सञ्चालन गरेको परियोजना अन्तरगत गठित फ्रिमिडिया नेटवर्कको आयोजनामा यही साउन २२ गते शुक्रवार वकालत रणनितिक निर्माण सम्बन्धी एकदिने कार्यशाला गर्ने निर्णय गरेको सचिव आरके शितलले जानकारी दिएका छन् ।

त्यस्तै नेपाल पत्रकार महासंघ दाङका पूर्व सचिव एवं राष्ट्रिय परिषद् सदस्य सुदर्शन रिजाल र साधारण सदस्य राधा पौडेलले स्व।आमाको स्मृतिमा स्थापना गरेको पुरस्कारको रकम थप गरी एक लाख रुपैयाको अक्षयकोष स्व. वुवा मिनराज रिजाल र स्व.आमा टीकादेवी रिजालको स्मृतिमा नेपाल पत्रकार महासंघ दाङमा स्थापना गरेकाले मिनटीका विकास पत्रकारिता पुरस्कारकोलागी अक्षयकोष स्थापना गर्ने रिजाल परिवारलाई धन्यवाद दिएको छ ।