Indrenionline.com

दाङमा सर्पले डस्दा दुई वर्षिया बालिकाको मृत्यु

इन्द्रेणी संवाददाता
दाङ, १० साउन । दाङमा सर्पले डस्दा एक बालिकाको ज्यान गएको छ । शान्तिनगर गाउँपालिका ६ का राजेन्द्र चौधरीकी दुई वर्षीया छोरी आराजी चौधरीको ज्यान गएको हो ।

आफ्नै घरको आँगनमा खेल्दै गर्दा सर्पले डसेर र उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लैजाँदै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।