Indrenionline.com

जरायोको सिङ्गसहित तीन जना पक्राउ

इन्द्रेणी संवाददाता
दाङ, १० साउन । दाङमा प्रहरीले जरायोको सिंगसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बबई गाउँपालिका १ गंगटेका २२ वर्षिय जीवन घर्ती, सोही गाउँपालिका वडा नंं ४ हापुरे बस्ने ३९ वर्षिय इन्द्रबहादुर केसी र सल्यान जिल्ला शारदा नगरपालिका ४ साइलाकम्दा बस्ने २२ वर्षिय विनोद वली रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

उनीहरुलाई आज दिउँसो १ बजेतिर तुलसीपुर उपमहानगरपालिका ८ गहतेखोला नजिकैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिएका छन् ।

जरायोको सिङ्गको विक्री कारोवार भइरहेको गोप्पे सूचनाका आधारमा उनीहरुलाई दुई थान जरायोका सिंगसहित नियन्त्रणमा लिइएको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।