दाङ, १० साउन । दाङमा दुई वर्षको अवधिमा सवारी दुर्घटनाबाट १४८ जनाको मृत्यु भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका सूचना अधिकारी डिएसपी थम्मन जिसीका अनुसार अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा २ सय ५७ वटा सवारीका साधन दुर्घटना हुँदा ७१ जनाको मृत्यु थियो । पछिल्लो आर्थिक वर्षमा दुर्घटना बढेको देखिएको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा वितेको आर्थिक वर्षमा ५६ बढी सवारी दुर्घटनामा परेका छन् प्रदेश टुडेमा खबर छ। सवारी दुर्घटनाबाट हुने मानवीय क्षति पनि वितेको आर्थिक वर्षमा बढेको देखिएको छ । वितेको आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा सातजना बढीले सवारी दुर्घटनाबाट मृत्युवरण गरेका छन् ।