Indrenionline.com

दाङमा प्रतिबन्धित रेडपाण्डाको छालासहित एक जना पक्राउ

इन्द्रेणी संवाददाता
दाङ, ४ साउन । दाङमा प्रहरीले लोपउन्मुख वन्यजन्तु रेडपाण्डाको छालासहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सल्यान जिल्ला छत्रेश्वरी गाउँपालिका १ बस्ने ३२ वर्षका लोकमान सुनार रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् ।

रेडपाण्डाको छालाको कारोवार भइरहेको गोप्पे सूचनाका आधारमा सुनारलाई आज सोमवार दिउँसो १२ बजेतिर घोराही उपमहाहानगरपालिका ११ खैरामा पक्राउ गरिएको हो ।

सुनारबाट प्रहरीले ३ फिट ३ इञ्च लाम्वाई भएको रेडपाण्डाका छाला र रा ४ प ९४५० नम्बरको मोटसाइकल र एक थाप मोवाइल नियन्त्रणमा लिएको छ । सुनारमाथि थप अनुसन्धान भइरहेको डिएपी रिजालले बताएका छन् । केही दिनअघि पनि प्रहरीले दाङमा अर्का एक जनालाई रेडपाण्डाको छालासहित नियन्त्रणमा लिएको थियो ।