Indrenionline.com

जडिबुढी खेतीको अनुगमन

दाङ, ३ साउन । डिभिजन वन कार्यालय दाङको सहयोग र सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड दाङको आयोजनामा सहकारी मार्फत पकेट क्षेत्रमा जडिबुटि बिस्तार कार्यक्रम अन्र्तगत बंगलाचुली गाउँपालिकाकामा लगाइएको जडिबुटि खेतीको आज शनिवार अनुगमन गरिएको छ ।

डिभिजन वन कार्यालय दाङ, सर्वोत्तम सहकारी संस्था, जनप्रतिनिधि सहितको सम्युक्त टोलीले बंगलाचुली गाउँपालिकामा लगाइएको जडिबुटि खेतीको अनुगमन गरिएको हो । यो बर्ष दाङको पहाडि क्षेत्र बंगलाचुलीका गाउँपालिकाका ५ वटा वडा र घोराही उपमहानगरपालिकाका २ वटा वडा गरी ७ वटा वडामा टिमुर, मालागेडी र तेजपात गरी ७० हजार बढी बिरुवा रोपिएको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।

६ सय बढी किसानको जग्गा, सामुदायिक वनको खाली क्षेत्र र सामुदायिक विद्यालयको जग्गामा बृक्षारोपण कार्य गरिएको सर्वोत्तम बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष ध्रुवराज पौडेलले जानकारी दिए । स्थानीय वडा कार्यालयहरुको समन्वयमा अघी बढाइएको कार्यक्रम अन्र्तगत जडिबुटिका बिरुवा हुर्काउने किसानलाई सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्था मार्फत एउटा बिरुवाको ३ रुपैयाका दरले प्रोत्साहन स्वरुपको रकम प्रदान गर्ने ब्यवस्था गरिएको छ ।

अनुगमनपछि बंगलाचुलीको मुकुट्टीमा भएको सर्वपक्षीय छलफलमा बोल्दै डिभिजनल वन अधिकृत बिजयराज सुवेदीले बंगलाचुली गाउँपालिका क्षेत्रमा यो करिव ५० हजार र घोराहीका पहाडि भेगका दुई वटा वडामा करिव २० हजार जडिबुटिका बिरुवा लगाइएको जानकारी दिए ।