इन्द्रेणी संवाददाता
दाङ, १ साउन । दाङमा प्रहरीले दुई जनालाई खैरो हेरोइनसहित नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा बाँके जानकी गाउँपालिका ३ मुक्तिनगरका ३६ वर्षिय राजा योगी र बाँके डुडुवा गाउँपालिका १ खडैचका ३० वर्षिय राजु भनेर चिनिने नोर महमद दर्जी रहेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय दाङले आज सार्वजनिक समेत गरेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट योगी २०७१ कार्तिक २३ गते महानगरीय प्रहरी बृत्त कालिमाटीबाट खैरो हेरोइन २० ग्राम ६२० मिलिग्रामसहित पक्राउ परी ६ वर्ष कैद सजाय भुक्तानी गरेका व्यक्ति भएको खुल्न आएको छ । त्यस्तै राजु पनि २०७० मंसिरमा बाँके जिल्ला प्रहरी कार्यालयबाट पक्राउ परी २ वर्ष कैद भुक्तानी गरेको व्यक्ति हुन् ।