Indrenionline.com

रेडपाण्डाको छालासहित दुई जना पक्राउ

इन्द्रेणी संवाददाता
दाङ, ३० असार । दाङ प्रहरीले संरक्षित जंगली जनावर रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सुर्खेत भेरीगंगा नगरपालिका ८ बस्ने ५६ वर्षका नरबहादुर बस्नेत र जाजरकोट जुनीचाँदी गाउँपालिका ७ बस्ने ४८ वर्षका डिलबहादुर रावत रहेका छन् ।

उनीहरुलाई विशेष सूचनाका आधारमा आज विहान घोराही उपमहानगरपालिका १६ गरुवाबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिएका छन् ।

उनीहरुबाट २ फिट १० इञ्च लम्बाइ रहेको नङ्ग्रासहितको रेडपाण्डाका एक थान छाला, काइनेटिक टल्लने ढुंगा ३२ थान र एक थान मोवाइल सेट बरामद गरिएको छ । उनीहरुमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।