Indrenionline.com

सरोकार समिति सक्रिय छ : पन्त

दाङ, २९ असार । नागरिक समाज दाङका निवर्तमान संयोजक एवं दाङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष चन्द्रराज पन्तले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रतिष्ठान सरोकार समितिको वैधतामा प्रश्न उठाउँदै जारी गरेको विज्ञप्तिप्रति आपत्ति जनाएका छन् ।

दाङ उद्योग वाणिज्य संघले नेतृत्व गरेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सरोकार समितिलाई प्रतिष्ठानले नचिन्ने भन्दै केही दिनअघि मात्रै विज्ञप्ति जारी गरेको थियो । प्रतिष्ठान स्थापनामा भूमिका निर्वाह गर्दै सरोकार समितिको पनि संस्थापक रहेका पन्तले प्रतिष्ठानको भ्रमपूर्ण विज्ञप्तिको बिरोध गरेका छन् ।

सााजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले भनेका छन्– ‘‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रेस विज्ञप्तिमार्फत जनस्तरबाट गठित सरोकार समिति आधिकारिक होइन भन्ने जो उल्लेख छ, यसबाट के स्पष्ट हुन्छ भने प्रतिष्ठान नै भ्रममा रहेछ ।’

पन्तले फेसबुकमा सार्वजनिक गरेको धारणाको पूर्णपाठ
बेमौसमी बाजा
सरोकार समिति कुनै विशेष उदेश्यमा लक्षित रहन्छ, लक्षित उदेश्य पुरा भएमा समिति स्वतह निष्क्रिय रहन्छ तर विच विचमा आईपर्ने बेबधान अथवा सहयोगको आवश्यकता, संस्थामा लापरबाह, नेतृत्व वर्गको कार्य कौसलतामा सिथिलता, निश्कृयता आदि उद्देश्य अनुसार सेवाग्राही सेवा वाट वनचीत भयमा सरोकार समितिले समन्वय साथै वाचडगको भुमिका मात्रै हो । राप्ती अञ्चलका पाँचै जिल्ला हरुका विरामीको उपचार केन्द्र घोराही दाङ अवस्थित तत्कालीन १५ सैयाको महेन्द्र अस्पताल दाङमा निकै चाप भइरहन्थ्यो। ०६३ सालमा दाङ जिल्ला उ।वा।संघ को पहलमा अस्पतालको स्तर बृद्धि साथै भौतिक संरचना निर्माणको आवश्यकताका लागि सर्व दलिय सर्व पक्षीय भेलाको आयोजनामा सरोकार समिति गठन गरि भेलाको उद्देश्य, मेन्डेट अनुसार समिति सक्रिय रह्यो। पटक पटक मन्त्रालय धाउने, राजनेताहरू संगको भेटघाट, नेताहरु वाट सहयोग र दवाबको बाबजुत तीन वर्षको समयमा राप्ती उपक्षेत्रीय अस्पतालको दर्जा प्राप्त हुनुको साथै ससस्त्र प्रहरी गुल्मको जग्गा समेत हस्पिटलको नाममा लाल पुर्जा प्राप्त गर्न सरोकार समिति सफल भएको थियो। तत् पश्चात समितिका केही साथीहरु निस्कृय रहे भने केहि नया अनुहारको सकृयता रह्यो। तेस विचमा बजेट बृद्धि, दरवन्दी,अस्पताललाई चाहिने औषधि उपकरण आदि हरूमा पहल भईनै रह्यो। राजनेतालाई गुहार्ने, दवाव दिने कार्य निरन्तर रह्यो।
सरोकार समितिको महत्वकाङ्क्षा बढ्दै गर्दा वौधिक वर्ग, समाजसेवी पार्टीका नेताहरु लब्ध प्रतिष्ठित व्यक्तित्व हरूको सहयोगमा उपक्षेत्रीय अस्पताल बाट राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान मा रूपान्तरण गर्न दङ्गालि वुद्धि जिविहरू सफल भय तर राप्ती उपक्षेत्रीय अस्पतालका कर्ता धर्ता हामीनै सबै हौ भन्नेले प्रतिष्ठानलाई अधिकार हस्तान्तरण नगरेको हुँदा वृहद भेलाले पुन सरोकार समिति क्रियाशील भई पटक(पटक राजधानी धाय पछि मात्र प्रतिष्ठानका पदाधिकारी हरूले अधिकार प्राप्त गरेको सर्वविविधतै छ। यस विचारमा प्रदेश संघीय सरकारले प्रतिष्ठान प्रति सौतेलो व्यवहार गरिनै रहेको हो तर पनि सरोकार समितिको सक्रियताले गर्दा न्यूनरुपमै भएपनि सरकारी सहयोग कछुवाको तालमा नै छ। विगत १५ महिनादेखि कोरोना कहरको भयावह अवस्थामा पनि सरोकार समितिले आफ्नो दायित्व सक्रियताका साथ निभाई नै रहेको छ, सरोकार समितिको नेतृत्व दाङ जि। उ। वा। संघ नेतृत्वदायी भुमिका मै छ।
अन्तमास् राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रेस विज्ञप्तिमार्फत जनस्तरबाट गठित सरोकार समिति आधिकारिक होइन भन्ने जो प्रेस विज्ञप्तिमा उल्लेख छ यसबाट के स्पष्ट हुन्छ भने प्रतिष्ठान नै भ्रममा रहेछ, सरोकार समिति भनेकै सरोकार राख्ने, समन्वय गर्ने, कमीकमजोरीलाई नियाल्ने साथै वाचडगको भूमिका मात्र हो। सरोकार समितिले कहिले पनि आधिकारिकता को इच्छा नै राखेको छैन भने, सरोकार समिति खुला किताब सरह नै छ तर सरोकार समितिको नामबाट पत्राचार गर्ने तर अहिले आएर समितिबारे जानकारी नै छैन भन्ने जस्ता भ्रमपूर्ण प्रेस विज्ञप्ती बेमौसमी बाजा हो।