Indrenionline.com

दाङमा लागुऔषधसहित दुई जना पक्राउ

इन्द्रेणी संवाददाता
दाङ, २८, असार । दाङ प्रहरीले ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर ६ बरुवागाउँ बस्ने सुरजकुमार भारती रहेका छन् ।

उनलाई गोप्पे सूचनाका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट गएको प्रहरी टोलीले १९० मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको हो ।

त्यसैगरी अबैध रुपमा लागुऔषध विक्री गर्ने एक मेडिकल सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अबैध NITRAVET-10 औषधी विक्री गर्ने तुलसीपुर ६ हात्तीखौवास्थित अनमोल आयुर्वेदिक मेडिकलका सञ्चालक रुपेश शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनका साथबाट ११३ टेब्लेट NITRAVET-10 औषधि १६ हजार नगद पनि प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवत्ता डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिएका छन् । उनीहरु दुबैमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।