इन्द्रेणी संवाददाता
दाङ, २६, असार । दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सल्लाहकार सदस्यमा नरहने भएका छन् ।
आज संघका अध्यक्ष बुढाथोकी र महासचिव महेन्द्र बुढाथोकीले सयुक्त जिज्ञप्ति जारी गर्दै प्रतिष्ठानबाट अध्यक्ष बुढाथोकीलाई सल्लाहकार सदस्यमा नियुक्त गरिएको पत्र प्राप्त भएपनि अन्य ढंगबाट रहयोग गर्ने तर सल्लाहकार सदस्यमा नरहने जानकारी गराएका छन् । संघले नेतृत्व गरेको सबै राजनीतिक दल, नागरिक समाज र विभिन्न संघसंस्था सहभागी गठिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सरोकार समिति अहिले पनि क्रियाशील भएकाले सोही समितिबाट आवश्यक सहयोग गर्ने समेत विज्ञप्तिमा उल्लेख छ ।
