इन्द्रेणी संवाददाता
दाङ, २६, असार । दाङ प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १५ हिमाल टोलका २९ वर्षिय राकेश बस्नेत रहेका छन् ।
साथै प्रहरीले बस्नेतबाट ९ हजार ८ सय रुपैयाँ समेत बरामद गरेको छ । त्यो समयमा बस्नेतसँगै रहेका २७ वर्षका अंकित रावतलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।