इन्द्रेणी संवाददाता
दाङ, २३ असार । दाङमा प्रहरीले चोरीको कारसहित एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा तुलसीपुर ५ बस्ने १७ वर्षका नविन सार्की रहेका छन् ।
यसैगरी चोरीका साइकलसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । विभिन्न समयमा चोरी गरिएका साइकलसहित घोराही १४ का रहुल नेपालीलाई प्रहरीले पक्राउ गरेको हो ।