Indrenionline.com

पत्रकार महासंघको राहत कोषमा साढे चार लाख संकलन

इन्द्रेणी संवाददाता
दाङ, १६ असार । कोरोना महामारीको समयमा नेपाल पत्रकार महासंघ दाङको राहत कोषमा ४ लाख ५७ हजार ४९४ रुपैयाँ संकलन भएको छ । विभिन्न व्यक्ति र संघसंस्थाहरुबाट सो रकम संकलन भएको नेपाल पत्रकार महासंघ दाङले जनाएको छ ।

महासंघका अध्यक्ष दुर्र्गालाल केसीको अध्यक्षता आज बसेको बैठकले सहयोगी हातहरुलाई धन्यवाद दिएको छ । बैठकले कोरोना महामारीको समयमा पत्रकारहरुकालागी नेपाल पत्रकार महासंघ दाङमा आईसोलेशन स्थापना गर्नका लागि र पत्रकारहरुका लागि स्वास्थ्य सामाग्री सहयोग गर्ने संघसंस्था एवं व्यक्तिहरुलाई धन्यवाद दिएको छ ।

बैठकले महासंघ केन्द्रिय समितिले युरोपीयन युनियन र ईन्टरनेशनल अलर्टको सहयोगमा सञ्चालन गरेको परियोजना अन्तरगत आयोजना हुने पत्रकारिता तालिमका लागि विभिन्न सञ्चारमाध्यमसँगको समन्वयमा सहभागीहरु छनोट गर्ने, दाङ देउखुरी जिल्ला अदालतसँगको समन्वयमा अदालती रिपोर्टिङ सम्बन्धी अभिमुखीकरण कार्यक्रम २०७८ असार १७ गते आयोजना गर्ने गरेको छ ।

साथै महासंघ दाङ शाखा सदस्य बिनु दाहालको बुवा उमाभक्त दाहाल र सदस्य रामप्रसाद चौधरी (आर.एम कुसुम्या) को आमा चनाकी चौधरीको हालै असामयिक निधन भएकाले मृतकप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको बैठकपछि सचिव आरके शितलद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।