इन्द्रेणी संवाददाता
दाङ, २० जेठ । दाङको घोराही उपमहानगरपालिकाले उपमहानगरपालिका भित्रका ६७ जना किसानलाई कृषियन्त्र वितरण गरेको छ । परम्परागत शैलीको कृषि क्षेत्रलाई आधुनुकिकरण गर्दै र कृषिलाई यान्त्रिकरण गर्न गर्दै सहज र सजिलो बनाउने उद्देश्यका साथ किसानहरुलाई कृषि यन्त्र वितरण गरेको हो ।
६७ किसानहरुमध्ये १८ जनालाई पावर टेलर, ३० जनालाई मिनी पावर टेलर, १२ जनालाई पम्पसेट, ४ जनालाई पानी तान्ने मोटर, दुई जनालाई रोटाभेटर र एक जनालाई धान काट्ने रिपर मेसिन प्रदान गरिएको हो । किसानहरुलाई आज मेयर नरुलाल चौधरी, उपमेयर सीता सिग्देल न्यौपानेलगायतले उपकरणहरु हस्तान्तरण गरेका थिए ।