दाङ, १३ जेठ । गएको वैशाख १८ गते दाङको तुलसीपुरमा एउटै कारभित्र मृत भेटिएका तीन बालकको निसास्सिएर ज्यान गएको भिसेरा रिपोर्टले देखाएको छ ।
ती बालकहरूको निसास्सिएर ज्यान गएको तथ्य भिसेरा रिपोर्टले देखाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) शिबबहादुर सिंहले बताए । यसअघिको पोष्र्टमाटम रिपोर्टमा पनि ती बालकहरुको शरीरमा कुनै चोटपटक नभए देखाएको थियो ।