दाङ, ४ जेठ । प्रहरीले दाङमा काठ तस्किरीमा संलग्न भएको अभियोगमा एउटा बससहित ७ जना पक्राउ परेको छन् ।
३६ दशमबल ७२ क्युफिट सालको चिरान काठ बसमा लोड गरी तुलसीपुरतर्फ ल्याउदै गरेको अबस्थमा स्थानीयले उनीहरुलाई पक्राउ गरी प्रहरीलाई बुझाएका थिए ।
पक्राउ पर्नेमा तुलसीपुर ६ का विजय चौधरी, शिव परियार, समिर चौधरी, सन्तोष चौधरी, चुमानसिंह चौधरी, बस चालक मजोज चौधरी र श्यामलाल चौधरी रहेको प्रहरीले जनाएको छ ।उनीहरुलाई थप कार्वाहीका लागि सव डिभिजन वन कार्यालय तुलसीपुरमा पठाएको प्रहरी जनाएको छ ।