तुलसीपुर, ४ जेठ । नेपाल रेडक्रस दाङले तुलसीपुर कोरोना आइसोलेसन अस्पताललाई विभिन्न सामग्री सहयोग गरेको छ ।
रेडक्रसका कार्यक्रम अधिकृत विश्राम अधिकारीले एक कार्यक्रमका बिच तुलसीपुर उपमहागनरपालिका नगर प्रमुख घनश्याम पाण्डेलेलाई हस्तान्तरण गरे । यसअघि पनि यूनिसेफको साझेदारीमा रेडक्रसले विभिन्न सामग्री सहयोग गरेको थियो ।
दलित महिला संघद्धारा एक लाख सहयोग
दलित महिला संघ दाङले तुलसीपुर कोरोना आइसोलेसन अस्पताललाई एक लाख आर्थिक सहयोग गरेको छ । आइसोलेसन व्यवस्थापन र अक्सिजन खरिदका लागि आर्थिक सहयोग गरेको दलित महिला संघ दाङकी अध्यक्ष युवा कराराले जानकारी दिए ।
कोरोना महामारीका कारण अक्सिजन अभावमा नागरिकले अकालमा ज्याउन गुमाउनु परेको बताउँदै यसको रोकथाम र नियन्त्रणका लागि आर्थिक सहयोग गरेको अध्यक्ष कराराले बताए ।
यसैगरी कोरोना महामारी रोकथाम तथा नियन्त्रणकालागि तुलसीपुर कोरोना आइसोलेसन अस्पतालमा पुगेर तुलसीपुर उपमहानगरपालिका–६ शिखरकोलनी निबासी दोर्ण बहादुर केसी, मञ्जीता कोसीले पाँच हजार पाँच रुपैयाँ सहयोग गरेका छन् । नेपाल टेलिकम तुलसीपुरका कर्मचारी लक्ष्मी नारायण अर्जेलले पनि तुलसीपुर कोरोना अस्पताललाई ५ हजार सहयोग गरेका छन् ।