पत्रकार बस्नेतको निधनप्रति पत्रकार महासंघद्धारा शोक व्यक्त
इन्द्रेणी समाचारदाता
इन्द्रेणी संवाददाता
दाङ, ४ जेठ । नेपाल पत्रकार महासंघ दाङले आफ्ना साधारण सदस्य लक्ष्मण वस्नेतको असामहिक निधनप्रति शोक व्यक्त गरेको छ ।
‘नेपाल पत्रकार महासंघ दाङ शाखाका साधारण सदस्य बबई गाँउपालिका वडा नम्बर ४ हापुरे निवासी लक्ष्मण बस्नेतको ३३ वर्षको उमेरमा कोभिड– १९ संक्रमणका कारण भैरहवामा उपचारको क्रममा मिति २०७८ जेठ ३ गते सोमवार भएको असामयिक निधनले हामी स्तब्ध एवं मर्माहत भएका छौ । दुःखको यस घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौ’ , अध्यक्ष दुर्गालाल केसी र आरके शितलद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
महामारीको समयमा सम्पूर्ण सञ्चारकर्मीहरुलाई साबधानी अपनाएर काम गर्न अनुरोध गर्दै कोरोना जोखीमको यो समयमा पत्रकारहरुलाई सुरक्षीत तरिकाले काम गर्ने वातावरण मिलाउन र आवश्यक स्वास्थ्य सुरक्षाका सामाग्रीहरु व्यवस्था गर्न सम्पूर्ण सञ्चारमाध्यमहरुलाई महासंघ अपील गरेको छ ।
यस्तै प्रेस चौतारी दाङले पनि आफ्ना सदस्य पत्रकार वस्नेतको निधनप्रति दुःख व्यक्त गरेको छ । अध्यक्ष जेएन सागर र सचिव प्रेमबहादुर राम्जाले विज्ञप्ति निकालेर दुःख व्यक्त गरेका हुन् । त्यस्तै प्रेस युनियनले पनि पत्रकार वस्नेतको असामयिक निधनप्रति दुःख व्यक्त गरेको छ । युनियनका कार्यवहाक अध्यक्ष नारायण खड्काले एक विज्ञप्ति निकाले र शोक व्यक्त गरेका छन् ।