इन्द्रेणी संवाददाता
दाङ, २६ बैशाख । कोभिड नियन्त्रणका लागि राप्ती अञ्चल लिकर्स एशोसियसन दाङले ८६ हजार सहयोग गरेको छ । कोभिड संक्रमण नियन्त्रणका लागि जिल्लामा स्थापना भएका आइसोलेसन र विभिन्न अस्पताललाई गरी ८६ हजार सहयोग गरेको हो ।
यसैबीच आज एक कार्यक्रमको आयोजना गरी एशोसियसनका उपाध्यक्ष लोकेन्द्र खडका र सल्लाहकार जनक बुढाथोकीले तुलसीपुरस्थित आइसोलेसन निर्माण स्थलमै पुगेर तुलसीपुरमा मेयर घनश्याम पाण्डेलाई २५ हजार नगद हस्तान्त्रण गरिएको छ । त्यस्तै नेपाल पत्रकार महासघको आइसोलेसनका लागि महासघका कोषाध्यक्ष शरद रेग्मीलाई नगद ११ हजार हस्तान्तरण गरिएको थियो ।