इन्द्रेणी संवाददाता
दाङ, २६ बैशाख । दाङमा एक जनाले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । जिल्लाको गढवा गाउँपालिका २ निवासी ४० वर्षका धनीराम चौधरीले आफ्नै श्रीमती ४३ वर्षिया सीता चौधरीलाई खुँडा प्रहार गरी हत्या गरेका हुन् ।
बिहान पौने १० बजेतिर चौधरीले घरमै खुँडा प्रहार गरी गम्भीर घाइते बनइएको सीताको ११ बजेतिर मृत्यु भएको डिएसपी रिजाले बताए । हत्या गर्ने श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।