इन्द्रेणी संवाददाता
दाङ, १९ बैशाख । तुलसीपुरमा रोकेर राखेको कारमा मृत फेला परेका तीनै जना बालकको पहिचान भएको छ ।
ती बालक हिजो मात्रै तुलसीपुर उपमहानगरपालिका वडा नं.६ स्वर्गद्वारी टोलमा पार्किङ गरेर राखिएको भारतीय नम्बर प्लेट RJ01CC0885 को कारमा मृत फेला परेका थिए । घटना रहस्यमय भएको भन्दै अनुसन्धानका लागि नेपालगञ्जबाट तालिम प्राप्त कुकुरसहितको टोली आएको छ ।
लामो समयदेखि पार्किङ गरेर राखेको स्थानीय यादव गैरेको भारतीय नम्बर प्लेटको उक्त गाडीमा बालक मृत फेला परेपछि अनुसन्धानका लागि गाडी धनी गैरे र चालक पदम बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।