इन्द्रेणी संवाददाता
दाङ, १७ बैशाख । जिल्लामा कोरोना संक्रमणको जोखिम बढ्दै गएको भन्दै दाङमा आज बैशाख १७ गतेदेखि नौ दिनका लागि लकडाउन गरिएको छ ।
निषेधाज्ञाका समयमा खाद्यन्न पसल भने दैनिक विहान ७ बजेदेखि ८ बजेसम्म खुल्ने छन् । त्यसैगरी अत्यावश्यक सवारी साधनबाहेक अन्य सबै यातायातका साधन बन्द रहेका छन् । लकडाउनलाई पालना गराउन चोक चोकमा प्रहरी परिचालन गरिएको छ ।
लकडाउनको पालना गर्न नगर प्रमुख पाण्डेको आग्रह
तुलसीपुर उपमहानगरपालिकाले लकडाउनको पूर्ण पालना गरेर घरमै सुरक्षीत बस्न नगरबासीमा हार्दिक अनुरोध गरेको छ ।
नगर प्रमुख घनश्याम पाण्डेले एक प्रेस विज्ञप्ती जारी गर्दै नयाँ भेरिएन्ट सहितको कोभिड–१९ को संक्रमण बढ्दै गएकाले यसको रोकथामका लागि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसीसी एमसी) ले बैशाख १७ देखि २५ गते साँझसम्म गरेको लकडाउनलाई पूर्णरुपमा पालना गर्न आग्रह गरेका छन् ।