तुलसीपुर, १३ बैशाख । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ का माधव विक काम नहुँदा निराश थिए । कतै जागिर गर्ने शैक्षिक योग्यता थिएन अनि काम गरौ सीप थिएन ।
उनको जस्तै भोगाई छ रझेनाकी सुशिला खड्काको पनि । घरको काममा मात्रै सिमित खड्काले पनि कपाल काट्ने पसल सञ्चालन गर्ने वताइन् । ‘पुरुषले मात्रै कपाल काट्नुपर्दछ भन्ने के छ र जानेको काम जसले गर्दा पनि हुन्छ’ उनले भनिन् । गाउँमै पसल सञ्चालनका लागि उनले व्यवसाय दर्ता समेत गरिसकेकी छिन् । ‘जानेको सीप काम लाग्ने भयो निकै खुसी लागेको छ’ उनको भनाई थियो ।
युवाहरुलाई स्वरोजगार वनाउनका लागि कलेजले विभिन्न खालका छोटो अवधिको तालिम दिने गरेको कलेजका प्रमुख वसन्त आचार्यले वताए । उनले कलेजले दुई दर्जन बढी तालिम सञ्चालन गरेको समेत वताए ।
कार्यक्रममा सामग्री हस्तान्तरण गर्दै तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता सुर्यवहादुर डाँगीले स्थानीय सरकारले सीप प्रदान गर्नुका साथै व्यवसाय सञ्चालनमा समेत सहयोग गरिरहेको वताए । ‘अब हिजोका दिनमा जस्तो तालिम तालिमका लागि मात्रै नभएर केही गर्नका लागि समेत हुनुपर्दछ ’ डाँगीले भने ।
सामग्री हस्तान्तरण कार्यक्रममा मेट्रो केलज सञ्चालक समिति सदस्य शम्भु रेग्मी र युवा परिषद् दाङ्गका अध्यक्ष सुरेश रावतको पनि सहभागिता रहेको थियो ।